नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का वडाध्यक्ष प्रकाशजंग पाण्डे सपरिवार अमेरिका उडेका छन् । उनकी श्रीमतीलाई अमेरिकाको डिभी परेपछि पाण्डे परिवार अमेरिका गएको हो ।

डिभी परेपछि सपरिवार अमेरिका जान लागेको वडाध्यक्ष पाण्डेले बताए । ‘म अहिले विदेश जानको लागि एयरपोर्टमा छु । तपाईंलाई कार्यवाहक वडाध्यक्षले सम्पर्क गर्नुहुन्छ है,’ एयरपोर्टमा रहेका वडाध्यक्ष पाण्डेले वडापालिकासँग भने ।

उनले आफू अमेरिका जान लागेको बताए । यस्तै, उनले वडा सदस्य राजुमान लामालाई कार्यवाहक दिएको पनि बताए । ‘वडा सदस्य राजुमान लामालाई कार्यवाहक दिए जादैछु । अमेरिका बसाई अलि लामै हुन्छ होला,’ उनले भने ।

पालिका प्रेस
थप जानकारी