राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थाहानगर समिति र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा थाहा नगरपालिकाको शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती तथा एकता दिवस मनाइएको छ । श्रीकृष्ण मन्दिर अगाडि भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य तथा संघीय समितिका अध्यक्ष राम बहादुर थोकर रहेका थिए ।

सो कार्यक्रमको अवसरमा पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो। चियापानसहितको उक्त कार्यक्रममा राप्रपा थाहानगर अध्यक्ष कुलमान तामाङ, जिल्ला सदस्य दिपक थापालगायतका स्थानीय नेताहरूले सहभागिता रहेको थियो ।

कार्यक्रमको आयोजनाका लागि राष्ट्रवादी युवा शक्तिद्वारा समन्वय गरेकोे थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि राम बहादुर थोकरले पृथ्वीनारायण शाहको योगदानलाई सम्झदै, राष्ट्रको एकता र अखण्डतामा सबैको समर्पणको महत्वलाई जोड दिए ।

कार्यक्रममा राप्रपा प्रदेश (क) का अध्यक्ष नवीन रायमाझीले कार्यक्रमको समापनमा धन्यवाद व्यक्त गर्दै, भविष्यमा यस्ता कार्यक्रमहरूको निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। उनले यस कार्यक्रमले नेपालका एकता र अखण्डताको प्रतीक पृथ्वीनारायण शाहको योगदानलाई सम्झना गर्दै, समर्पण र राष्ट्रवादी भावना फैलाउने महत्वपूर्ण अवसर प्रदान गरेको बताए।

पालिका प्रेस
थप जानकारी