बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार जारी गरेको सूचनाअनुसार रिक्त उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारिसमा परेका हुन्।
बढुवा समितिको सोमवारको निर्णयअनुसार नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत एक जना, नेपाल कृषि सेवा, बाली विकास समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत एक जना र नेपाल कृषि सेवा, बाली संरक्षण समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत एक जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्