बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय सरकारबाट आएका सहसचिव (प्रदेश सचिव) र प्रदेशका ११ औं तहका सचिवहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।
पुस १६ मा निर्णय भएपनि मुख्यमन्त्री इन्दबहादुर बानियाँ र प्रमुख सचिव बाबुराम अधिकारीबिच छलफलपछि २४ पुसमा उनीहरुको जिम्मेवारी तोकिएको हो । निर्णयअनुसार युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव बलराम ढकालको राष्ट्रपति कार्यालयमा सरुवा भएकाले रिक्त पदमा संघीय सरकारबाट सरुवा भई आएकी गोमा हुमागाईंलाई जिम्मेवारी तोकिएको छ ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव हेमराज भुसाललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ भने हेमराज भुसालको स्थान (उद्योग मन्त्रालय) मा जीवलाल भुसाललाई जिम्मेवारी दिइएको छ । यसअघि श्रम मन्त्रालयमा कार्यरत सचिव रामबाबु पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत खुबीराम अधिकारीलाई सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्