मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० टौखेलमा चरेससहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६ माघ साँझ टौखेलबाट इन्द्रसरोवरको मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटोबाट उक्त परिमाणको चरेश सहित अटो चालक थाहा नगरपालिका–४ रुप्से निवासी अन्दाजी २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका–५ निवासी अन्दाजी २१ वर्षीय सानुकान्छा थिङलाईे प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागूऔषध ओसारपसार गरिरहेका भन्ने गोप्य सूचनाको आधारमा इलामा प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले अटो चेकजाँच गर्ने क्रममा १२ वटा रबरका डिब्बाभित्र लुकाइछिपाइ ल्याइएको चरेस जस्तो देखिने पदार्थ १२१.४६ किलो बरामद गरिएको पालुङ प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई सम्मानित मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्