मकवानपुरगढी जेसीजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । नेपाल जेसीज २०२६ का अध्यक्ष जीवन कार्कीको उपस्थितिमा मकवानपुरगढी जेसीज सन् २०२६ को लागि अध्यक्ष इरोज न्यौपानेले पदस्थापना तथा सपथग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष कार्कीले नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको भूमिका महत्वपूर्ण रहने बताए । नयाँ सोच नयाँ दृष्टिकोण र कल्पनाले समाजलाई सकारात्मक बनाउने भएकोले सही मार्गमा युवाको लगाव राख्न उनले आग्रह गरे । ‘समाजको अपेक्षा भरोसाअनुसार काम गर्नुस’ उनले भने । सामाजिक काममार्फत आफ्नो शाखालाई उत्कृष्ट बनाउन उनले आग्रह गरे । कार्यक्रममा मकवानपुर गढी जेसीजलाई मातृत्व प्रदान गर्ने पालुङ जेसीज वर्ष २०२५ को अध्यक्ष माधव कार्की, हेटौंडा जेसीज वर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको उपस्थिति रहेको थियो ।
मकवानपुरगढी जेसीजको वर्ष २०२६ को लागि कार्याकारीणी उपाध्यक्ष सुजन सापकोटा र सुबास अधिकारी, उपाध्यक्ष किरण खनाल, पुष्कर बहादुर घिमिरे, निश्चल चौलागाईं र बिनम्र अधिकारी चयन भएका छन् । यसैगरी महासचिवमा सुनिल पाख्रिन, कानुनी सल्लाहकारमा रोहित पुडासैनी, कोषाध्यक्ष सन्तोष न्यौपाने चयन भएको मकवानपुरगढी जेसीजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले बताए । जेसीजको पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार सरिता दाहाललाई नगद सहित सम्मान प्रदान गरिएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्