मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित नेपालकै ठुलो गढीमध्येको एक ऐतिहासिक मकवानपुरगढी दरबारमा २६३औँ विजय उत्सव मनाइएको छ । वि।सं। १८१९ माघ १० गते गुर्गिन खाँको नेतृत्वमा आएको बंगाली सेनालाई गोर्खाली फौजले पराजित गरेको सम्झनामा हरेक वर्षझैँ यसवर्ष पनि विजय उत्सव मनाइएको हो।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा दरबार परिसरमा विशेष कार्यक्रम गरी उत्सव मनाइएको हो। उक्त अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले दरबार परिसरमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। सोही क्रममा सुपारेटार ब्यारेकस्थित गोरख बहादुर गणको टोलीले सलामी अर्पण गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ऐतिहासिक मकवानपुरगढीको संरक्षण र विकासमा २६३ वर्ष बितिसक्दा पनि सोचेजस्तो काम नभएकोमा असन्तुष्टि व्यक्त गरे । “म पोहोर साल पनि यहाँ आउँदा त्यत्रो ऐतिहासिक गढीको संरक्षण राम्रोसँग भएको देखेको थिइनँ,” मन्त्री अधिकारीले भने। उनले गढी परिसरमा ऐतिहासिक सामग्रीहरूको उत्खनन् गरी सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा जोड दिए। यसले पर्यटन विकास र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने उनको भनाइ थियो। मन्त्री अधिकारीले भने, “तपाईंहरू काम गर्नुहोस्, आगामी बजेटमा मेरो तर्फबाट यसका लागि सम्बोधन गर्नेछु।”
साथै, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पनि मकवानपुरकै बासिन्दा भएकाले उहाँसँग सल्लाह गरेर गढीको विकासमा सहकार्य गर्ने आश्वासन दिए। मन्त्री अधिकारीले स्थानीय जनप्रतिनिधिहरूको उत्साह र सक्रियताको प्रशंसा गर्दै गढीको विकासमा ‘होस्टेमा हैँसे’ गर्ने वचनबद्धता प्रकट गरे।
त्यस्तै, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ऐतिहासिक किल्लाहरूमा स्थानीय तहको पूर्ण अधिकार नभएकाले प्रदेश र सङ्घीय सरकारले आवश्यक गुरुयोजना बनाएर सहयोग गर्न आग्रह गरे। उनले स्थानीय तहबाट मकवानपुरगढी दरबारको संरक्षण र संवद्र्धन गरी यसलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनाउन कुनै कसर बाँकी नराख्ने दाबी गरे ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्