मकवानपर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १६औं संस्करण बागमती गाउँपालिकाले जितेको छ । प्रतियोगिता मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा भएको थियो । ३१ वैशाखमा सम्पन्न प्रतियोगितामा २५ स्वर्ण, १५ रजत र १२ कास्यसहित बागमती गाउँपालिकाले उपाधि जितेको हो ।
यस्तै, १६ स्वर्ण, ४ रजत र ४ कास्यसहित बकैया गाउँपालिकाले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । साविक विजेता हेटौँडा उपमहानगरपालिका भने यस वर्ष १५ स्वर्ण, ६ रजत र १० कास्यसहित तेस्रो स्थानमा सीति भएको छ । हेटौँडा उपमहानगरपालिकाले यसअधि १४ औँ र १५ औँ संस्करण लगातार प्रथम स्थान हासिल गरेको थियो । १५ औँ संस्करणको प्रतियोगितामा हेटौंडाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदक प्राप्त गरेको थियो ।
यस्तै बकैया गाउँपालिकाले १३ स्वर्ण, ५ रजत र १० कास्य पदक प्राप्त गर्दा थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कास्य पदक प्राप्त गरेको थियो । प्रतियोगितामा राक्सिराङ गाउँपालिका बाहेक जिल्लाका अन्य ९ वटा स्थानीय तहले सहभागिता जनाएको थियो। प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १३ गतेदेखि १५ गतेसम्म हुने तय भएको छ ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्