नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौंडाले पार्टीबाट मेयर र उपमेयरका लागि ३/३ जना सिफारिस गर्ने भएको छ । मेयरमा ९ र उपमेयरमा ७ जना आकांक्षी भएपछि उमेद्वार छनोट अन्यौलमा पर्दै आएकोमा सहजीकरणबाट ३/३ जना मात्र सिफारिस गर्ने सहमती भएको एक नेताले बताए ।
उमेद्वार सिफारिसका लागि बैठक २९ चैत दिउँसो बस्ने तय भएको छ । बैठकले मेयरका लागि एक जना महिला सहित ३ जना र उपमेयरका लागि तीन जनाको नाम सिफारिस गर्न लागेको हो । एमालेका केन्द्र, बागमती प्रदेश र जिल्ला तहका नेताहरुको लगातारको बैठकपछी उमेदवारमा आकांक्षी रहेका नौ जना मेयर र ७ जना उपमेयरहरुलाईं घटाएर तीन–तीन जना सिफारिस गर्ने तयारी भएको हो ।
सर्वसम्मत् उम्मेदवार छनोटका लागि उपमहानगर कमिटी लागि परेको र त्यसको गृहकार्य अझै भइरहेको उपमहानगरकमिटीका सचिब बोलबहादुर कार्कीले बताए।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्