स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेकामध्ये करीब आठ हजार जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगले वैशाख १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। त्यो अवधिमा करीब आठ हजार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
देशभरका ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिधिका लागि वैशाख ११ र १२ गते गरी एक लाख ५३ हजार जनाले उम्मेदवारी दिएका थिए। उनीहरूमध्ये उम्मेदवारी फिर्ता लिनेको देशभरबाट शनिबार साँझ ५ बजेसम्म प्राप्त विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
आयोगले बाँकी उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ। राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारलाई मतपत्रमा भएकामध्ये माग गरेको चुनाव चिह्न प्रदान गरिएको छ।
देशभर एकै चरणमा वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ।
उम्मेदवारी फिर्ता लिनको सूची:


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्