आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएको छ । राजनीतिक दलहरु र स्वतन्त्र व्यक्तीहरुले उम्मेदवारी दिने होड नै चलेको छ ।
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवारी दिन तयारी गरेका सरोजकुमार रेग्मी पेसाले कम्प्युटर इन्जिनियर हुन् । वडालाई प्रविधिमैन्त्री बनाउने उदेश्यले उनले वडामा स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहको निर्वाचन होमीदै गरेका रेग्मीसँग गरेको कुराकानीको संम्पादित अंश :
वडामा स्वतन्त्र उम्मेदवार भएर उठ्न किन आवश्यक ठान्नुभयो ?
- म पेसाले कम्प्युटर इन्जिनियर हुँ । अहिले स्थानीय तहले प्रदान गर्ने सेवाहरु प्रविधि मैन्त्री नहुनाले स्थानीयले धेरै सास्ती पाएको मैले देखेको छु । वडाले प्रदान गर्ने सेवा र विकास दुबै प्रविधिमैन्त्री बनाउन पर्छ । म त्यो गर्न सक्षम छु । स्थानीय जनताको माग र आवश्यकता अनुसार काम गर्नको लागि स्वतन्त्र उम्मेदवार हुन् जरुरी छ । पार्टीगत व्यक्तीले राजनीतिक आग्रह पूर्वाग्रह बोकेर काम गर्ने हुनाने जनता पिडित छन् । स्वतन्त्र जनप्रतिनिधिले त्यसो गर्दैन् । सबै जनताको सेवा र न्यायोचित विकासका लागि स्वतन्त्र उम्मेदवारमा उठेको हुँ ।
तपाईँको मुख्य एजेण्डाहरु के-के छ ?
- मेरो मुख्य एजेण्डाहरु यस्तो छन् :, शिक्षालाई प्रविधि मैन्त्री बनाउन स्तरउन्नती गर्ने । यहाँ अस्पताल नभएकोले जनताले स्वास्थ्य सेवा पाएका छैनन् । एउटा अस्पताल बनाउने र निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने । युवाहरुलाई विभिन्न तालिम दिने र रोजगारी प्रदान गर्ने । प्रविधिको युग भएको हुनाले जनताको घरमै पुगेर सेवा प्रदान गर्ने । अन्य पार्टीहरुले पुरानै तरिकालाई अवलम्बन गर्छन् तर म सबै काममा नयाँ तरिकाले छिटो र सजिलो तरिकाले सेवा प्रदान गर्छु । हाम्रो वडा पर्यटकीय वडा हो । यहाँ जिपलाइन बनाउने जस्ता पर्यटकीय काम गरेर रोजगारीको अवसर पनि प्रदान गर्ने । कृषिमा आधुनिकिकरण गर्ने । स्थानीय उत्पादनलाई बजारको व्यवस्था गर्ने । पशुपालनमा विकास गर्न अनुदान र एउटा डेरी उद्योग स्थापना गर्ने । म यी विबिध कामहरु प्रविधि मैत्री तरिकाले गर्न सक्छु । यसरी सबै काम प्रविधिसँग जोडीएर गर्दा भ्रष्टचार हुन पाउदैन् ।
तपाईँले जित्ने आधार के के हुन् ?
- म आधुनिक प्रविधिको ज्ञान भएको मान्छे हुँ । मेरो विचार, मेरो ज्ञान र वडाको विकास गर्ने भिजनलाई सबैसामु पुर्याउने छु । यहाँका जनताले राजनीति गरेर जित्नेले गर्ने काम र हामी जस्तो सिप भएकाले गर्ने कामको अवश्य तुलना गर्ने छन् । विकासका लागि आजको समयमा बाटोको मात्रै विकास गरेर हुँदैन् । जनताको माग धेरै छन् । ती सबै मागलाई सम्बोधन गर्न प्रविधिको ज्ञान भएको मान्छे जनप्रतिनिधि हुन् पर्छ । यी आधारहरुले गर्दा पनि म जित्नेमा विश्वस्त छु ।
दलीय प्रतिस्पर्धाको होडमा स्वतन्त्र उम्मेदवारले जित्छ भनेर कसरी भन्न सक्नुहुन्छ ?
- राजनीतिक होडबाजीमा जनता पनि आजित भएका छन् । दलहरुले पछिल्लो समय आफ्नो अस्लिलता देखाएका छन् । कोई पनि जनताले म फलना पार्टीलाई नै भोट गर्छु भनेर कसम खाएका छैनन् । त्यसैले म मेरो विचार र एजेण्डालाई सबै वडावासी सामु लैजान्छु । आसा छ मेरो विचार र एजेण्डालाई सबैले बुझने छन् । मैले गाउँका सबै अग्रजहरुसँग पनि छलफल गरेको छु । मलाई युवा साथीहरुको पनि पूर्ण समर्थन छ ।
स्थानीय वडावासीलाई तपाईको संँन्देश के छ ?
- दलका उम्मेदवारलाई धेरै पटक जिताउनुभयो तर यस पटक स्वतन्त्र उम्मेदवारलाई जिताउनुस् । हामीले आफ्नो गाउँको विकास आफै गर्नुपर्छ राजनीतिक दलले गर्दैनन् । यो पटक पनि दलका उम्मेदवारलाई नै जिताएर गल्ती नगर्नुस् । गाउँलाई ५ वर्ष घाटा लाग्छ । त्यसैले सबैलाई म पार्टी र व्यक्तीलाई होईन, विचार, एजेण्डा र भिजनलाई हेरेर मतदान गर्नुस, भन्न चाहान्छु ।
अनलाईनपानाबाट


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्