मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा नेपाली काँग्रेसको अग्रता रहेको छ ।
१ जेठ रातीबाट गण्ना शुरु भएको ६ नम्बर वडामा ७ सय मत गणना हुँदा नेपाली काँग्रेसले वडा अध्यक्ष पदका लागि ३ सय ५ मत पाएको छ । त्यस्तै नेकपा एमालेले १ सय ९३ र नेकपा माओवादी केन्द्रले १ सय ४८ मत मात्र पाएको छ ।
त्यस्तै नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका विष्णु विष्टले २ सय ६९ र नेकपा एमालेका अच्युतम प्रसाद ढकालले २ सय १४ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली काँग्रेसका भरत गोपालीले २ सय २३ र नेकपा एमालेकी कल्पना बलामीले ३ सय ५८ मत प्राप्त गरेकी छिन् । अहिले मतगणना भैरहेको छ । वडा नम्बर ६ मा कुल २ हजार ४५७ मत खसेको छ ।
६ नम्बर वडाको मतगणना २ जेठ विहानसम्म सकिने अनुमान छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्