मकवानपुर थाहा नगरपालिकामा २५६६ औं बुद्ध जयन्तीको अवसरमा दीप प्रज्वलन कार्यक्रम भएको छ ।
पालुङ जेसीजको आयोजनामा थाहा नगरपालीका–३ थानाबजार बुद्धचोकको बुद्ध प्रतिमा परिसरमा २ जेठ साँझ दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा पालुङ जेसिजका संस्थापक अध्यक्ष जेसी पुरूषोत्तम ढकालबाट दिप–प्रज्जवलन शुभारम्भ भएको कार्यक्रममा सहभागीहरु सबैले दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्षहरू वर्ष २०१० का सुरेन्द्रमान प्रधान, बर्ष २०२२का बोर्ड सदस्यहरुको उपस्थिती रहेको बर्ष २०२२ का महासचिव निरज रायमाझीले जानकारी दिए । वर्ष २०२२का अध्यक्ष जयराम खत्रीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।



















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्