सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेका बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि ९ पुसमा यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र नै बलियो हुँदै जाने बताए ।उनले भने, ‘एक कुशल एवं दक्ष कर्मचारीले चलाएको कार्यालय निकै पारदर्शी हुनेछ । यसो भएमा शिक्षित तथा जानेका अनि बुझेका व्यक्तिले काम गर्ने अवसर पाउनेछन् ।’
मुख्य सचिव शंकरदाश बैरागीले सरकार तथा जनता दुवैका लागि सार्वजनिक प्रशासनको महत्त्वपूर्ण भूमिका रहने जानकारी गराउँदै आफ्नो जिम्मेवारी पूर्णरुपमा अघि बढाउन आग्रह गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आफूहरुले कर्मचारी प्रतिस्पर्धालाई बलियो बनाउने योजनाबमोजिम कम गरिरहेको भनाइ राखे ।
सो अवसरमा सार्वजनिक खरिद नियमावली संशोधन तथा व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा देखिएका चुनौतीबारे छलफल गरिने जनाइएको छ ।






























































प्रतिक्रिया दिनुहोस्