थाहा नगरपालिकाको आयोजना तथा बज्रवाराही माविको व्यवस्थापनमा ८ पुसबाट राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिका वडा नम्बर ६ को बज्रवाराही माविको प्राङणबाट सुरु भएको हो ।प्रतियोगिताको थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले औपचारिक द्घाटन गरे ।
व्यवस्थापक विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलले स्वागत भएका थिए । कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख विष्टले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महशुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए । खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उनले बताए । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने पनि बताए । यसका लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्वीकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने विद्यालयलाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बढाउने गरी खेलमा विद्यार्थीहरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए ।
प्रतियोगिता अन्तर्गत ८ पुसमा भएको खेलमा मार्चपास तर्फ बज्रवाराही मावि प्रथम, पालुङ भ्याली हार्ट एकेडेमी दोश्रो भएको छ भने सटपुट छात्र तर्फ सुन्दरीदेवी माबी प्रथम, झम्केश्वरी मावि दोश्रो र जनकल्याण मावि तेश्रो हुन सफल भयो । सटपुट छात्रा तर्फ जनकल्याण प्रथम हँुदा बागेश्वरी मावि दोश्रो र जनकल्याण मावि तेश्रो भयो ।
भलिवल छात्र तर्फ बज्रबाराही माविले सुनौला माविलाई पराजित गरेको छ भने जनकल्याणले स्वच्छन्द भैरव माविलाई पराजित गर्यो । त्यसैगरी भलिबल छात्रा तर्फ बज्रबाराहीले स्वच्छन्द भैरव माविलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ। त्यस्तै कबड्डी छात्रतर्फ स्वच्छन्दले झम्केश्वरी माविलाई पराजित गर्यो भने छात्रा तर्फ इन्द्रायणी माबिले पालुङ भ्यालिलाई पराजित गरेको छ।
थाहा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा कराते, एथलेटिक्स, कबड्डी, भलिबल छात्रछात्रा लगायतका विधा रहेका छन।
थाहानगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख विष्ट, थाहानगर शिक्षा समिति संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, थाहानगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल, बज्रबाराही मावि व्यवस्थापन समितिका अध्यक्ष कल्पना बलामी, संस्थापक अध्यक्ष कृष्णभक्त श्रेष्ठलगायत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, सहभागी विद्यालयका प्रधानाध्यापक, खेलाडी, खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्