मनश्याम बस्नेत

नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनको सभापतिमा मनश्याम बस्नेत निर्वाचित भएका छन् । बस्नेतसहित सबै सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपशाखा दामनको उपसभापतिमा गिताका कार्की, सचिव राजाराम रमयमाझी, कोषाध्यक्षमा यादवजंग रायमाझी, उपसचिव दिपेन्द्र कुमार थिङ तथा उपकोषाध्यक्ष विश्वनाथ रायमाझी निर्विरेध निर्वाचित भएका हुन् ।

सदस्यहरुमा शकुन्तला गोपाली, संगम कार्की, हरेराम उपाध्याय, कमलकुमार खत्री र सुमन रायमाझी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारी खेमराज सापकोटाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी