आयोजक थाहा कला केन्द्रले आगामी ९ मंसिरबाट हुने थाहा फिल्म फेस्टिभलको साताव्यापी कार्यक्रम तालिका सार्वजनिक गरेको छ । ६ वटा नेपाली कथानक चलचित्र र अरु लघु चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन गर्नेगरी मिडिया पार्टनर पालिका प्रेस डटकमबाट कार्यक्रम तालिका सार्वजनिक गरिएको हो ।
तालिकामा जनाइए अनुसार फेस्टिभलमा डेसान, ऐना झ्यालको पुतली, बुलबुल, राधा, प्रकाश र आमाखाण्डो सहित लघु चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । आयोजकका अनुसार निःशुल्क पास लिएर हलमा प्रवेश गर्न सकिनेछ । प्रदर्शनी जेसीज हलमा हुनेछ । तालिका अनुसार पहिलो दिन उद्घाटनसँगै थाहा नगरपालिकाको पर्यटनसँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शन गरिनेछ भने अन्तिम दिन विशेष सम्मान समारोहसहित समापन हुनेछ । बाँकी ५ दिन विहान ११ बजेदेखि ५ बजेसम्म कथानक चलचित्र र लघु चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिने तालिका बनाइएको छ ।
हरेक दिन शुरुमा नेपाली कथानक चलचित्र प्रदर्शन गरिनेछ भने त्यसपछि लघु चत्रचित्र र वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । छैठौं दिनमा शुरुमा र अन्त्यमा गरी दुईवटा कथानक चलचित्र प्रदर्शन हुनेछ ।
- तालिका यस्तो रहेको छ: पहिलो दिन ९ मंसिर
११ बजेदेखि ३ बजेसम्म समुद्घाटन कार्यक्रम
३ः१५ बजेपछि थाहा वृत्तचित्र - दोस्रो दिन १० मंसिर
११ बजेदेखि १ बजेसम्म बुलबुल
१ बजेदेखि ३ बजेसम्म जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट
३ बजेपछि आइरन डिगर - तेस्रो दिन ११ मंसिर
११ बजेदेखि १ बजेसम्म ऐना झ्यालको पुतली
१ बजेदेखि ३ बजेसम्म सेनाको चेली, युद्धका बाछिटा, कलम
३ बजेपछि गुर्खा गर्ल, गड्स बफेलो, को–हज्ब्याण्ड - चौंथो दिन १२ मंसिर
११ बजेदेखि १ बजेसम्म प्रकाश
१ बजेदेखि ३ बजेसम्म जालगेडी, जुनुको जुत्ता, ह्वील्स अन द बस
३ बजेपछि हेयर कट - पाँचौं दिन १३ मंसिर
११ बजेदेखि १ बजेसम्म आमाखाण्डो
१ बजेदेखि ३ बजेसम्म र्याटलिङ, फ्यान, छोरा, डिभिनेशन
३ बजेपछि म अलप हुन चाहन्छु - छैठौं दिन १४ मंसिर
११ बजेदेखि १ बजेसम्म द सेक्रेट्स अफ राधा,
१ बजेदेखि ३ बजेसम्म दाद्या, मलामी
३ बजेपछि डेसान - सातौं दिन १५ मंसिर
समापन कार्यक्रम ११ बजेदेखि ३ बजेसम्म


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्