थाहानगरको जनकल्यण माध्यमिक विद्यालय वरपर रहेको टोल तथा बजार सरसफाइ गरिएको छ । विद्यालयले ५६ औं वार्षिक उत्सवको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

थाहा नगर प्रहरीसंगको सहकार्यमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थी शिक्षक, नगर प्रहरीसहितको टोलीले थाहा नगरपालिका वडा नम्बर २ को फाँटबजार, पालुङ शहर, डाँडागाउँ तथा गोपालीगाउँ क्षेत्रमा सरसफाइ गरिएको शिक्षक प्रदिप केसीले जानकारी दिए ।

सरसफाइबाट निश्केको फोहोर संकलनको निम्ति थाहा नगरपालिकाले टिपर र ट्याक्टर उपलब्ध गराएको थियो ।

पालिका प्रेस
थप जानकारी