मकवानपुरको भीमफेदी गाउँपालिकाले बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाउन अभिभावकहरुलाई निमन्त्रणा कार्ड पठाएको छ । यहि फागुन १३ देखि १५ सम्म सञ्चालन हुने दादुरा–रुबेला खोप अभियानमा बालबालिकालाई खोप लगाउन भीमफेदीले निमन्त्रणा कार्ड पठाएको हो ।

नौ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन नसिजकैको खोप केन्द्रमा लैजानको लागि निमन्त्रणा कार्डमा अनुरोध गरिएको छ । अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप लगाइने गाउँपालिकाले जनाएको छ । ‘यसका लागि खोपकार्ड लिई आउनुहुन सादर अनुरोध गर्दछौं’–निमन्त्रणा कार्यमा लेखिएको छ ।

खोप निःशुल्क, सुरक्षित भएको र जीवनको रक्षा गर्ने सन्देश निमन्त्रणा कार्डमा उल्लेख गरिएको छ । दादुरा रोग १ व्यक्तिबाट १८ व्यक्तिसम्म सर्न सक्ने भएकोले खोप अनिवार्य लगाउनु पर्ने सन्देश समेत कार्डमा छ ।

पालिका प्रेस
थप जानकारी