
हेटौडा उपमहानगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको छ । हेटौडा उमहानगरपालिकामा आइतवार आयोजित कार्यक्रममा उपमहानगरपालिकाकालाई पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
उपमहानगर भित्र रहेका ५ वर्ष मुनिका ७ हजार १ सय ८५ जना वालवालिकालाई पुर्ण खोप लगाइएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद तिवारीले बताए । उपमहानगरपालिका भित्र रहेका ५ वर्ष मुनिका सम्पुर्ण वालवालिकालाई खोप दिएसँगै उपमहानगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिती मकवानपुरका सचिव कृष्णबहादुर मिजारले उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामालाई हस्तान्तरण गराएका थिए ।
उपमहानगरको स्वास्थ्य शाखाका अनुसार नगर क्षेत्रमा खोप लगाउँन तयार भएका १५ महिना मुनिका ३ हजार ९४१ जना वालबालिकाको तथ्याङक पनि तयार गरेर राखिएको जनाएको छ । उनिहरुलाई समय पुगेसँगै खोप अभियानमा समावेश गरीने शाखाले जनाएको छ ।
गत चैत महिनादेखि उपमहानगरपालिकालाई पुर्ण खोप घोषणा गर्ने अभियान संचालन गरिएको थियो । स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र जनप्रतिनिधी घर÷घरमा पुगेर वालवालिकालाई खोप लगाउने कार्य गरेको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख तिवारीले जानकारी दिए । पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको सभाध्यक्ष नगर प्रमुख लामाले पुर्णखोपलाई दिगोपन दिनका लागि स्वास्थ्यकर्मी, महिला स्वयसेविका र जनप्रतिनिधी सधै सक्रिय रहनु पर्ने वताईन् ।
उपमहानगरपालिकालाई वालमैत्री पालिका घोषणा गर्नका लागि पुर्ण खोप महत्व पुर्ण सुचक रहेको उनले बताइन् । कार्यक्रममा उपमेयर राजेश वानियाँ, स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख सागर घिमिरेले खोपका वारेमा वोलेका थिए । घोषणा कार्यक्रममा १९ वटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीहरुलाई खादा ओढाएर सम्मान सहित कदर पत्र पनि प्रदान गरिएको थियो । १९ वटा वडामा विभाजित नगरपालिकामा २२ वटा स्वास्थ्य संस्थाहरु रहेका छन ।
प्रतिक्रिया दिनुहोस्