सांकेतिक चित्र

मकवानपुरमा स्क्रब टाइफ्सका बिरामी बढ्न थालेका छन् । गत साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफ्सका १२३ जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगर पालिकामा ४५ महिला र २७ पुरुष गरी ७२ जनामा स्क्रब टाइफ्सको संक्रमण पुष्टि भएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिकामा ११ महिला र ४ पुरुष गरी १५ जना, बागमती गाउँपालिकामा एक जना पुरुष, कैलाश गाउँपालिकामा एक जना महिला, मनहरी गाउँपालिकामा ३ पुरुष र ७ जना महिला गरी १० जना स्क्रब टाइफ्सको संक्रमण पुष्टि भएको छ । यसैगरी, इन्द्रसरोवर गाउँपालिकामा एक जना महिला, भीमफेदी गाउँपालिकामा ८ जना महिला, बकैया गाउँपालिकामा ६ पुरुष र ६ महिला गरी १२ जना, राक्सिराङ गाउँपालिकामा एक जना महिला र अन्य जिल्लाका दुई जनामा स्क्रब टाइफ्सको संक्रमण पुष्टि भएको छ ।

थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफ्सको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । माइट नामक कीर्नाको टोकाइबाट स्क्रब टाइफ्स हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

पालिका प्रेस
थप जानकारी