सरकारले पदस्थापना, सरुवा, काज सरुवा, काज फिर्ता गरिएका कर्मचारीलाई अबको ७ दिनभित्र रामना लिन–दिन निर्देशन दिएको छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीले हालसम्म सरुवा/पदस्थापन/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरुलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिएर ७ दिनभित्र सोको जानकारी यस मन्त्रालयलाई गराउनुपर्ने निर्णय गरेका छन् ।
अहिले सरुवा भएका कर्मचारीहरु रमाना नलिई साविककै कार्यालयमा बसिरहने विकृति मौलाएको छ । सम्बन्धित कार्यालयले पनि विभिन्न बहानामा रमाना नदिने समस्या समेत छ । सरुवा गर्दा तोकिएका कार्यालयमा समयमै नजाने प्रवृत्ति मौलाएपछि ७ दिनको समय दिएर निर्णयसहितको परिपत्र गरेको हो ।
बरबुझारथको लागि २१ दिनभन्दा बढी लाग्ने भएमा त्यसको स्पष्ट कारण खोली सम्बन्धित सचिवबाट बढीमा एक महिनासम्म बरबुझारथको लागि म्याद थप हुनसक्ने उल्लेख छ । यो व्यवस्था बमोजिम नै रमाना लिन–दिन मन्त्रालयले सूचित गरेको छ ।
मन्त्रालयले रमाना नलिने र नदिनेहरुविरुद्ध कठोर बन्ने गरी अन्य निर्णय गरेको छ । रमाना लिने अवधि गुज्रिएपपछि सम्बन्धित कर्मचारीलाई साविकका निकाय/कार्यालयबाट किरिया बिदा, बिरामी बिदा र प्रसूति बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्ने व्यवस्था मिलाउने निर्णय समेत मन्त्रालयले गरेको छ ।
रमाना भई नजाने कर्मचारीहरुलाई उपलब्ध गराउने सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नका लागि सम्बन्धित निकायलाई अनुरोध सहितपत्राचार गर्ने निर्णय पनि भएको छ । यस्ता निर्णय कार्यान्वयन नगर्ने र नगराउने विभागीय प्रमुख/कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६० बमोजिम विभागीय सजायसम्बन्धी कारबाही अघि बढाउने निर्णय सचिव सुवेदीले गरेका छन् ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्