धादिङको थाक्रे गाउँपालिकाका मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम भएको छ । २६ कार्तिकबाट सुरु भएको तालिम ३ मंसिरमा एक कार्यक्रम बिच समापन गरिएको हो । मेलमिलाप सम्बन्धि तालिम लिएपछि गाउँ टोलमा भएका विवादहरुलाई समाधान गर्न सक्षम भएको थाक्रे गाउँपालिका वडा नं ६ का सानुकान्छा तामाङले बताउनु भएको छ ।

त्यसैगरी सामाज भएका विवादहरुमा पहिला परम्परागत र दबाब मुलक थियो भने तालिम लिएपश्चात दुबै पक्षको मनाशायलाइ बुझेर मात्र निर्णय गर्नुपर्छ भन्ने सिकाइ भएको राधा नेपालको भनाई छ । थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गरे ।

न्यायिक समिति थाक्रे गाउँपालिकाद्धारा आयोजित मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष रामकुमार आचार्यले थाक्रे गाउँपालिकाको समाजमा लुकेर बसेका घटनाहरुलाई बाहिर ल्याउन टोल टोलमा गएर सचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेकोले सचेतना अभिििवृद्धमा जोड दिन मेलमिलापकर्ताहरुलाई आग्रह गरे ।

तालिममा गाउँपालिकाको ११ वटै वडाका २० जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलापमा आवश्यक सिपहरु, सहजीकरण सीपहरु, कानुनी तथा न्यायिक पक्षहरु, मानव अधिकार, विवाद समाधानका तरिकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भुमिका र दायित्वहरु, मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा जानकारी गराइएको थियो । तालिममा अधिवक्ता उद्धब प्रसाद अधिकारी र उमा थापाले सहजिकरण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको सभाध्यक्षतामा भएको तालिमको समापन समारोहमा उपाध्यक्ष यन्त्र बहादुर थापा, वडा नं ६ का अध्यक्ष हिरा बहादुर थापा, वडा नं ९ का अध्यक्ष श्यामचन्द्र आचार्य, न्यायिक समिति सदस्य राजकुमार गुरुङ लगायतको सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी