हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको वर्तमान अवस्थाका विषयमा जानकारी मुलक अन्तरक्रिया कार्यक्रम हेटौंडामा गरिएको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाकीृ प्रमुख मिना कुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिंचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिल्वाल, वडा अध्यक्षहरुलगायतका विभिन्न क्षेत्रका सरकोकारवालाहरु सहित अन्तरक्रिया गरिएको हो ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरको १ देखि १९ वडा मध्ये वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ पुरै र वडा नं. १, ३, १५, १६, १७, १८ र १९ का आंशिक क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीहरुलाई दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार १ सय १२ वटा धाराहरु मर्फत ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी गराए । हेटौंडाको मुख्य बजार क्षेत्रमा भने २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको अन्तरक्रियामा अध्यक्ष विष्टले जानकारी गराए । बोर्डमा हालसम्म १६ वटा खानेपानी उपभोक्ता समितिहरु हस्तान्तरण भईसकेको छन् । नगर क्षेत्र भित्रको वडा नं. ११, १२ र १३ मा भने स्थानिय उपभोक्ता समितिहरुबाट खानेपानी वितरण कार्य हुदै आइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले नगरबासीहरुलाई सहयोग पु¥याउने उद्देश्यले २०७९ साल भाद्र महिनादेखि न्युनतम १० हजार लिटर पानी महशुल निःशुल्क गर्दै आएको छ । जसको कारणले १० हजार लिटर मात्र खानेपानी खपत गर्ने उपभोक्ताहरु लाभान्वित भएका छन् । बोर्डले आफनै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्यूवेल निर्माण कार्य सम्पन्न गरेको छ । मकवानपुर गढी गाउँपालिकामा ३ वटा, भिमफेदी गाउँपालिकामा २ र हेटौंडा वडा नं. ९ मा १ वटा गरी ६ थान समवेल निर्माण कार्य आफनै स्रोत मार्फत सम्पन्न गरेको छ । विभिन्न १२ स्थानहरुमा पम्प तथा पाले घर निर्माण कार्य सम्पन्न गरेको विष्टले बताए । करिब ४ सय किलो मिटर मेन तथा शाखा पाइप लाइन विस्तार कार्य सम्पन्न गरेको छ ।

संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र यस बोर्डको सहलगानीमा करिब १५ करोडको लागतमा ओभर हेड पानी टंकी १ वटा, भुमिगत पानी टंकी ३ वटा, डिप बोरिङ ४ वटा, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतिकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताए । संघीय सरकारको करिब ८ करोडको लगानीमा हेटौंडा वडा नंम्बर १९ बस्तीपुरमा डिप बोरिङ, ओभर हेड पानी टंकी, कार्यालय भवन तथा पाले घर निर्माण, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतिकरणको कार्य अन्र्गत अपुरो रहेको योजना सम्पन्न गर्न बोर्डबाट करिब ३ करोड रुपैया लगानी गरी योजना निर्माण कार्य सम्पन्न पश्चात बोर्डबाट उक्त क्षेत्रमा सेवा सुचारु गरिएको छ ।

वागमती प्रदेश सरकार संगको सहलगानीमा हेटौंडा वडा नं. १९ बस्तीपुरमा समवेल निर्माण, हेटौंडा वडा नं. १६ मा डिप ट्यूवेल, त्रिशुलेमा ५ लाख लिटर क्षमताको भुमिगत पानी टंकी निर्माण कार्य र करिब २० कि.मि. मेन तथा शाखा पाइप लाइन बिस्तार कार्य सम्पन्न गरिएको छ । हाल सम्म बोर्डमा हेटौंडा वडा नं. ३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा संचालित १६ वटा खानेपानी उपभोक्ता समितिहरुबाट खानेपानीको पूर्वाधारहरु सहित ९ हजार ५ सय धाराहरु हस्तान्तरण भई आएको छ । नगरको खानेपानी वितरणको काममा आफु सन्तुष्ट रहेको नगर प्रमुख लामाले बताइन् ।

























































प्रतिक्रिया दिनुहोस्