
मकवानपुर पालुङका सुतार कार्की परिवारले प्रसिद्ध पाण्डुकेश्वर महादेवको मन्दिर परिसरमा नवदुर्गासहित बिष्णु भगवानको दस अवतारको शिलाको मुर्ती प्रतिस्थापन गरेका छन। थाहानगर पालुङका गम्भीर सिंह कार्कीका जसी मन्त र शिवहरीका सन्तान थाहा २ अंगारेका माधव कार्की, राजेन्द्र कार्की, किरण कार्की तथा रामहरि कार्की परिवारले २१ चैतमा पुजाआजा सहित विभिन्न देवीदेवताको मुर्तिको प्राण प्रस्तिस्थान गरिएको हो।
पाण्डुकेश्वर मन्दिरको उत्तर तर्फ रहेको लामो पर्खालमा २१ वटा देवी देवताको मुर्ति प्रतिस्थापन गरिएको छ । मुर्ति प्रतिष्ठान गरेका थाहा २ अंगारेका युवा व्यावसायी माधव कार्की सहितकोकार्की परिवारले यसअघि इन्द्रायणी माइको मन्दिरमा इन्द्रायणीको बहान सिंहको मुर्ती र मन्दिरकोद्वार पालेको रुपमा रहने ऐरावत हात्तीको मुर्ती प्रतिष्ठान गरिसकेका छन । उनीहरुले मन्दिरको माथिल्लो भागमा रहेको २० मिटरको ढुंगाको नागको आकृतीलाई पनि धातुको बनाइ हाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्की परिवारले उक्त कार्यप्रती पाण्डुकेश्वर क्षेत्र विकास समितिले धन्यवादसहित विभिन्न सांस्कृतिक झाँकी सहित सम्मान गरेको क्षेत्र बिकास समितिका अध्यक्ष जनक हमालले बताए ।
प्रतिक्रिया दिनुहोस्