मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को बागेश्वरी माध्यमिक विद्यालयले ५७ओैं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । स्थापना दिवसको अवसरमा विद्यालयले पुर्व शिक्षक, पृर्व विद्यार्थी पुर्नमिलन, साँस्कृतिक कार्यक्रमको साथमा वार्षिक परीक्षाफल प्रकाशित गरेको छ ।

बागेश्वरीले २०८१ सालको वार्षिक परीक्षाफल समेत प्रकाशित गरेको विद्यालयका प्रधानाध्यापक विरमान स्याङतानले जानकारी दिए । परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । स्थापना दिवसको अ वसरमा विद्यालयले पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व प्रधानाध्यापक र पूर्व शिक्षकहरूलाई समेत सम्मान गरेको छ । वि.स २०५८ सालबाट एसएलसी परीक्षा सञ्चालन भएदेखि अहिले सम्म करिब १ हजार जना विद्यार्थीहरू एसएलसी÷एसईई परीक्षा दिई सकेको प्रधानाध्यापक स्याङतानले जानकारी दिए ।

स्थापना दिवस समारोहका प्रमुख अतिथि मकवानपुर–२ का सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले थाहानगरको उत्कृष्ट विद्यालयको रूपमा बागेश्वरी माविले आफ्नो स्थान लिएको बताए । सांसद बर्तौलाले विद्यालय प्रशासनले सामुदायिक विद्यालयको नतिजा राम्रो ल्याउनमा खेल्नु भएको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन् । अब विद्यालयलाई प्राविधिक धारमा लौजन नगरपालिकाले योजना बनाएर अगाडि बढ्नु पर्ने उनको जोड रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले अधिकांश तामाङ समुदायको मात्रै विद्यार्थी पढ्ने विद्यालयको शैक्षिक प्रगति थाहानगर भित्रका अन्य विद्यालयको भन्दा राम्रो रहेको बताउँदै आगामी दिनमा अझै सफलताको शुभकामना व्यक्त गरेका थिए । साविक टिस्टुङ गाविसको एक मात्रै माध्यमिक विद्यालयको रूपमा रहेको बागेश्वरी माध्यमिक विद्यालय वि.स २०२४ साल चैत २३ गते स्थापना भएको हो ।

कार्यक्रममा नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, थाहा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष दिनेश बल, १२ नम्बर वडाका अध्यक्ष टिकाराम स्याङतान, ११ नम्बर वडाका पूर्व वडा अध्यक्ष किरणमान बल, पूर्व प्रधानाध्यापकहरु, पूर्व शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागीता रहेको थियोे ।

पालिका प्रेस
थप जानकारी