
मकवानपुरको बागमती गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि तीनदिने क्षमता अभिवृद्धि सम्बन्धी पुनर्ताजगी तालिम दिएको छ । गाउँपालिकाको न्यायिक समिति सचिवालयले आयोजना गरेको तालिमको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले उद्घाटन गरेका थिए ।
तालिममा अध्यक्ष घलानले समाजलाई बदल्न सबैको भुमिका रहने बताए । समाजलाई विवाद र अपराधरहित सभ्य समाज बनाउन मेलमिलापकर्ताले विशेष भुमिका खेल्न सक्ने उनको भनाई छ । उनले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न अनुरोध गरे । तालिममा सबै वडाका मेलमिलापकर्ताहरुको उपस्थित रहेको छ । तालिमका सहभागीहरुलाई अधिवक्ताहरु जगन्नाथ सुवेदी र सिताराम अधिकारीले प्रशिक्षण दिएका छन् ।
चालू आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्म बागमती गाउँपालिकाको न्यायिक समितिमा १२ मुद्दा दर्ता भएको छ । जसमध्ये ६ वटा फछ्र्यौट भएको छ भने ३ वटा बाँकी र ३ वटा सम्बन्धित निकायमा पठाइएको छ । बागमती गाउँपालिकाको उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक फडिन्द्र तिमल्सिनाको सभाध्यक्षता तथा अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको तालिम कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वरिष्ठ लेखा अधिकृत झम्कनारायण घलान, न्यायिक समितीका सदस्यहरु निर्जन घिसिङ र भगवती माझी लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्