त्रिभुवन विश्वविद्यालयले जारी परीक्षा स्थगित गरेको छ। विश्वविद्यालयले सूचना जारी गर्दै विशेष परिस्थितीका कारण मानविकी तथा सामाजिक शास्त्र संकायले संचालन गरिरहेको परीक्षाहरू स्थगित गरिएको भनेको हो।

नियमित शत्रान्त परीक्षा, बिसिएको दोस्रो र आठौं सेमेस्टरका परीक्षा र एमसिए प्रथम सेमेस्टरको मंगलबार हुने परीक्षा स्थगित गरिएको छ। त्यस्तै मंगलबार, बुधबार र बिहीबार गते संचालन हुने देशभरिका सबै परीक्षा केन्द्रका परीक्षाहरू स्थगित भएका छन्।

स्थगित परीक्षाको तालिका अर्को सूचनाबाट जानकारी गराउने डिन कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले पनि चार वर्षे स्नातक तह दोस्रो वर्ष (अंशिक तथा मौका) परीक्षाहरू पनि स्थगित भएको जानकारी दिएको छ।

मंगलबार, बुधबार र बिहीबारका परीक्षाहरू स्थगित गरिएको हो। केन्द्रले असोज २, ४ र ५ गते क्रमश: परीक्षा सञ्चालन गर्ने जनाएको छ। अन्य मितिका परिक्षा यथावत राखिएका छन्।

पालिका प्रेस
थप जानकारी