बागमती प्रदेशको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङको चन्द्रागिरि भञ्ज्याङमा निर्माण गरिएको भ्युटावर ९ पुसमा उद्घाटन गरिने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भ्युटावर उद्घाटन गर्ने कार्यक्रम रहेको थाहा नगरपालिकाले जनाएको छ । गत २४ मंसिरमा पर्यटन विकास आयोजना हेटौंडा र थाहा नगरपालिकाबीच भ्युटावर सञ्चालन तथा व्यवस्थापनको सम्झौता भएको थियो ।
सम्झौता अनुसार भ्युटावर थाहा नगरपालिका आफैले वा अन्य सेवा प्रदायक मार्फत सञ्चालन गर्न सक्ने व्यवस्था छ । बागमती प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६–२०७८) अन्तर्गत भ्युटावर निर्माणको काम अघि बढाएको थियो । हिल स्टेशनमा भ्युटावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ ।
परियोजनाको लागत दुई चरणमा मूल्य समायोजनसहित कुल पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ पुगेको छ ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्