शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता” शीर्षकको कथा ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा प्रथम भएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत शाहीले प्रथम स्थान हासिल गर्दै नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

बाह्रखरी मिडियाद्वारा १० पुसमा काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कार प्रदान गरिन् । प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ। गुरुङलाई नगद एक लाख रुपैयाँ र ट्रफी प्रदान गरिएको छ।

त्यस्तै, इन्द्रप्रसाद गोतामे (जगतजंग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ तृतीय भएको छ। गोतामेलाई ६० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरियो। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कथाकारहरूलाई सम्राट उपाध्याय, प्रतीक प्रधान, ज्ञानेश्वर आचार्य तथा हेमराज ढकाललगायतले सम्मान गरेका हुन्।

पालिका प्रेस
थप जानकारी