मकवानपुरको मनहरी गाउँपालिकाले जलवायू परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । विभिन्न वडालाई समेटेर तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको हो ।
जलवायु परिवर्तनले हाल विश्वभर उत्पन्न गरेको समस्या अतिवृष्टि, अनावृष्टि, खडेरी, खेतीपाती उत्पादनमा परेको असर, पशुचौयायको प्रजननमा परेको असर, मौसममा भइरहने उतार चढाब, हिमालमा हिउँ नपर्नु लगायत विश्वब्यापी उष्णता, कार्बन उत्सर्जन, कार्बन मोनो अक्साईडले स्वास्थ्यमा पारेको असर आदिको बारेमा कार्यपालिका सदस्य, वडा सदस्यलगायत वन समितिका पदाधिकारी, किसान, उपभोक्ता, टोल विकास समितिका पदाधिकारीलाई समेटेर सचेतनामुलक कार्यक्रम गरिएको हो ।
मनहरी गाउँपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडास्तरीय जलवायू परिवर्तन÷प्रभाव न्यूनीकरण कार्यक्रम भएको हो । सचेतनामूलक कार्यक्रम वडा नं ६,७ र ८ लाई समेटेर पुस ८ गते ७ नम्बर वडामा, वडा नं ३, ४, ५ र ९ लाई समेटेर वडा नं ३ मा पुस ९ गते र वडा नं १ र २ को वडा नं १ मा पुस ११ गते कार्यक्रम गरिएको हो ।
वन, वातावरण समितिका संयोजक एवम् वडा नम्बर ९ का वडाअध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्ष तथा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्