मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आईकेओ युनियनका खेलाडीले अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगितामा शतप्रतिशत पदक जित्न सफल भएका छन् । भारतको गुवाहाटी, आसाममा जनवरी १० र ११ मा सम्पन्न चौथो अन्तर्राष्ट्रिय खुला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा उल्लेखनीय सफलता हात पारेक हुन् ।

महिला ६० केजी तौलसमूहमा ज्योति लुङ्वाले रजतपदक जितिन् भने महिला ५५ केजी तौल समूहमा रेश्मा थापा र सबिना आलेले स्वर्णपदक प्राप्त गरे । पुरुष ५५ केजी तौल समूहमा शशीप्रसाद बिकले र जतपदक हासिल गरे भने उमेर समूहतर्फ रोहित थापाले कास्य र रिदम थापाले स्वर्णपदक जिते । प्रतियोगितामा मकवानपुरबाट प्रशिक्षकद्वय सीता श्रेष्ठ र अमृत सुनार निर्णायकको भूमिकामा रहेका थिए । प्रतियोगियामा छिमेकी मुलुक भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र अफगानिस्तानबाट खेलाडीको सहभागिता रहेको थियो ।

यसैगरी, सातौँ वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ च्याम्पियनसिपमा पनि मकवानपुरकी उदयमान खेलाडी लक्ष्मी थिङले उल्लेखनीय सफलता प्राप्त गरेकी छन् । आयोजक टिमबाट प्रतिस्पर्धा गर्दै उनले महिला ५५ केजी तौल समूहमा स्वर्णपदक जित्नुका साथै उत्कृष्ट खेलाडीको उपाधि समेत हात पारेकी हुन् ।

पालिका प्रेस
थप जानकारी