हेटौंडा जेसिज वर्ष २०२६ को अध्यक्ष पदमा सन्तोष पराजुली पदस्थापित भएका छन् । २ माघमा हेटौंडामा आयोजित विशेष समारोहबीच वर्ष २०२५ का अध्यक्ष पंकजदास बानियाँले पराजुलीलाई अध्यक्ष पद हस्तान्तरण गरेका हुन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यतामा ४८ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह भएको हो ।
कार्यक्रममा जेसीजका पूर्व पदाधिकारी, बोर्ड सदस्य, सल्लाहकारहरुलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको छ । हेटौंडा जेसिजको कार्यकारिणी उपाध्यक्षमा संजयकुमार न्यौपाने र विपिन ताम्राकारसहित उपाध्यक्षहरु विवेक बानियाँ, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य पदस्थापित भएका छन् ।
यसैगरी कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधान, उपाध्यक्षद्वय खगेन्द्र भण्डारी र दिपेश बराइली, हेटौंडा शाखाका पूर्वअध्यक्ष बासु सुवेदी, हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्