बेसीशहर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरभित्रका सामुदायिक विद्यालयहरूको लेखा प्रणाली, जिन्सी व्यवस्थापन, सामाजिक परीक्षण तथा दोहोरो लेखा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले १ दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयको आर्थिक तथा प्रशासनिक कार्यलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने विषयमा सहजिकरण गरिएको थियो। तालिममा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, लेखा शाखा प्रमुख सृजना पौडेल र शिक्षा शाखा प्रमुख सिर्जना पाण्डे चिलुवालले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।
तालिम कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय कर्मचारी गरी जम्मा ५२ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले विद्यालय व्यवस्थापनमा देखिएका व्यवहारिक समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाले आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर सुधार र सुशासन प्रवर्द्धनका लागि यस्ता क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्