राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन् । ५ जेठमा प्रतिनिधि सभा बैठकमा उनले कैलाश, राक्सिराङ, थाहा, इन्द्रसरोवर, भीमफेदीलगायत पालिकाका कतिपय सडकमा एम्बुलेन्स समेत जान नसक्ने अवस्था रहेको बताए ।

“अब चार महिना त्यहाँका नागरिक आइसोलेसनमा बस्नुपर्ने अवस्था छ । एकातिर थाहामा उत्पादन भएको आलुको भाउ १० रुपैयाँ पुगेको छ,” उनले भने, “सडकका कारण उत्पादनको त्यहीँ उपभोग गर्नुपर्ने अवस्था छ ।” उले सडककै कारण एक टेलिसिरियलको जस्तो ‘आलुकै भात, आलुकै तरकारी खानुपर्ने’ अवस्था बनेको भन्दै कटाक्ष गरे ।

“यस्तो तरिकाले त हरिबहादुरले भनेजस्तो आलुकै भात, आलुकै अचार, आलुको तरकारी खानुपर्ने अवस्था थाहाको छ,” उनले भने, “अविलम्ब सडकको ठेकेदारलाई बोलाएर त्यसका बारेमा भौतिक प्रगति लिन हार्दिक अनुरोध गर्दछु ।”

पालिका प्रेस
थप जानकारी