मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना चढाएका छन् ।
कार्कीले ६ असारमा मन्दिरमा पुजाआजसहित चाँदीका विभिन्न गहना चढाएको पुजारी सम्पूर्ण श्रेष्ठले जानकारी दिए । उनले यसअघि इन्द्रायणी माईको तीन वर्षे जात्राको अवसरमा इन्द्रायणीलाई असर्फीको माला पनि चढाएका थिए भने इन्द्रायणी मन्दिरमै दुई/दुई वटा हात्ती र सिंहको प्रतिमा चढाएका थिए ।
व्यवसायिक व्यक्तित्व कार्कीले सामाजिक काममा सघाउ पु¥याउँदै आएकोमा स्थानीय निरोज प्रधानले खुशी व्यक्त गरे । कार्कीको कामले युवा पुस्ताहरुमा सकारात्मक सन्देश जाने प्रधानले विश्वास व्यक्त गरे ।




















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्