मकवानपुर थाहा नगरपालिकाका कृषक निरोज प्रधान सम्मानित भएका छन् । २३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८३ एवं जोन/सुपरजोनका उत्कृष्ट कृषक सम्मान कार्यक्रमको अवसरमा प्रधान सम्मानित भएका हुन् ।

कृषक प्रधानलाई चितवनस्थित श्री महिला साना किसान कृषि सहकारी संस्था खैरहनीमा आयोजित समारोहमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले सम्मान गरेको हो । थाहानगरका प्रधानलाई उत्कृष्ट कृषक पुरस्कारद्वारा परस्कृत गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए ।

तरकारी उत्पादन, प्रवद्र्धन तथा व्यवसायीकरणमा कृषक प्रधानले पु¥याएको योगदानको कदरस्वरूप उत्कृष्ट कृषकका रूपमा सम्मान तथा पुरस्कृत गरिएको रेग्मीले जानकारी दिए ।

यसैबीच थाहा नगरपालिका वडा नम्बर १ का सुमन गोपाली र वडा नम्बर १० का भीमलाल गोपालीपनि सम्मानित भएका छन् ।

पालिका प्रेस
थप जानकारी