सातौं थाहानगर उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा बिमल बिष्ट र रोशन गोपालीको टिमले उपाधि चुमेको छ । १५ असारमा मकवानपुर थाहानगर स्थित क्याम्पाडाँडा कबर्डहलमा भएको फाइनल प्रतिस्पर्धामा सुनिल बिष्ट र नवीन रायमाझीको टिमलाई पछि पार्दैै बिमल–रोशनको टिमले उपाधि चुमेका हुन् ।
विजेता टिमले नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुनिल–नवीनको टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा सुवास–नारायण र इशाक÷नरेन्द्रको टिमले सान्त्वना पुरस्कार नगद ६ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नरेन्द्र लामा ‘उत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको थियो ।
थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको दोस्रो पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको थियो । त्यस्तै, सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमी र उत्कृष्ट खेलाडी पुरस्कार सिजनेवल फ्रुट एन्ड भेजिटेबल सप्लायर्सका सञ्चालक गणेश कार्कीले प्रायोजन गरेका थिए ।

थाहा नगर ब्याडमिन्टन संघका उपाध्यक्ष इशाक केसीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहानगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान प्रमुख आतिथ्यतााम भएको भएको थियो । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रवक्ता हिरेन्द्रकुमार रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, पालुङ जेसिजका अध्यक्ष संजय गोपाली, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख गोविन्द भण्डारी, दामन चेली समाजकी राममायाँ खत्रीलगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा ब्याडमिन्टन प्रतियोगिताका लागि सहयोग गर्ने सहयोगी तथा खेल प्रेमीहरुलाई कदरपत्र तथा मायाँको चिनो वितरण गरिएको थियो ।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्