मकवानपुर थाहा नगरपालिकाको क्याम्पाडाडा कभर्डहलमा जारी चौथो उपमेयरकप ब्याडमिन्टन प्रतियोगितामा ॐ नम शिवाय र थाहा १० विसिङ्खेल ‘ए’ फाइनलमा प्रवेश गरेका छन ।
१९ फागुनमा भएको सेमिफाइनल खेलमा थाहा १० ले थाहा नगरपालिका ‘डी’ र ॐ नम शिवायले ईलाका प्रहरी कार्यालय ‘ए’ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन । प्रतियोगिता अन्तर्गत २० फागुन विहान ७ बजे थाहा नगरपालिका ‘डी’ र इलाका प्रहरी कार्यालय ‘ए’ बीच प्रतियोगिता हुनेछ । फाइनल खेल विहान ८ बजे हुने आयोजक फरक सोचका अध्यक्ष यादवजंग रायमाझीले जानकारी दिए ।
१६ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद २० हजार रुपैया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने दोश्रो र तेश्रो हुनेले क्रमशः नगद १५ हजार र १० हजार प्राप्त गर्ने छन। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। शिखर क्लव सहआयोजक रहेको प्रतियोगिताको थाहा नगरपालिकाको मुख्य प्रायोजन रहेको छ । प्रतियोगिताको प्रथम नगद पुरस्कार ॐ अध्याय रिसोर्टले प्रायोजन गरेको छ । दोश्रो नगद पुरस्कार गोर्खा ब्रुअरी र तेस्रो नगद पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको छ।
त्यसैगरी प्रतियोगितालाई पालुङ बहुउद्देश्यीय सहकारी संस्था, महालक्ष्मी विकास बैंक पालुङ शाखा, प्यासेफिक बचत तथा ऋण सहकारी संस्था, होटल टिस्टुङ कटेज बज्रवाराही, शिव एग्रो भेट थाहा ३ घर्तिखोलाको सहयोग रहेको छ। प्रतियोगितामा बज्रवाराहीका श्याम श्रेष्ठ र सुदर्शन बिडारीले आर्थिक सहयोग गरेको रायमाझीले बताए।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्