मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर ७ मा युवा तथा बालमैत्री सूचना केन्द्र स्थापना भएको छ । ७ चैत्रमा प्लान नेपालको आर्थिक सहयोग र ग्रामीण जागरण विकास कोष मकवानपुर तथा संयुक्त राडो नेपालको आयोजनामा सूचना केन्द्रको स्थापना भएको हो ।

मनहरी गाउँपालिका वडा नंम्बर ७ को वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्य र बाल सञ्जालका अध्यक्ष मनिष लोको सभाध्यक्षतामा सूचना केन्द्र उद्घाटन गरिएको छ । सूचना केन्द्रमा एक थान ५५ इन्चको टेलिभिजन, एक थान कम्प्युटर, एक थान प्रिन्टर गरी दुई लाख रुपैयाँ बराबरको सामग्री सहयोग भएको राडो नेपालका सामाजिक परिचालक राजु राउतले जानकारी दिए ।

मनहरी गाउँपालिका–७ मा रहेको बाल संस्थाले सञ्चालन गरेको पुस्तकालयको समेत सञ्चालन गर्ने गरी सूचना केन्द्र स्थापना गरिएको उनले बताए । उद्घाटन समारोहमा बोल्नुहुँदै अध्यक्ष तितुङले सूचना केन्द्र स्थापना राम्रो र प्रभावकारी हुने बताउँँदै युवासँग काम गर्न उत्सुक रहेको र युवाहरु वडासँग साझेदारी गर्न खोजे तयार रहेको बताए । मनिष लोको अध्यक्षतामा ११ सदस्यीय युवा तथा बालमैत्री सञ्चालन समितिसमेत गठन भएको राउतले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी