मकवानपुर जिल्लामा प्राथमिक तहमा ६४ जना शिक्षकका लागि दरखास्त आह्वान भएको छ । शिक्षक सेवा आयोगले आज बिहीबार प्रकाशित गरेको विज्ञापनअनुसार ६४ जना शिक्षकका लागि दरखास्त आह्वान गरिएको हो ।

खुलामा १९ जनाको लागि दरखास्त आह्वान भएको छ । यसैगरी महिलामा ५ जना, दलित महिलामा १ जना, आदिवासी जनजातितर्फ ४ जना, मधेशीतर्फ २२ जना, दलितर्फ १० जना, अपाङ्गतातर्फ २ र पिछडिएको क्षेत्रतर्फ १ जनाका लागि विज्ञापन भएको छ ।

बैशाख ८ गतेभित्र दरखास्त फाराम भर्ने समय तोकिएको छ । दोब्बर दस्तुर तिरेर भने बैशाख १५ गतेसम्म दरखास्त पेश गर्न सकिने शिक्षक सेवा आयोगको सूचनामा उल्लेख गरिएको छ ।

शिक्षक सेवा आयाेगकाे वेभसाइडमा गई फाराम भर्न सकिने आयोगको सूचनामा जनाइएको छ । सामान्य विषयको लिखित परीक्षा जेठ २० गते हुने जनाइएको छ ।

शिक्षक सेवा आयोगले यसअघि लिएको परीक्षाबाट मकवानपुर जिल्लामा ३ सय ३२ जना प्रावि तहका शिक्षक उत्तीर्ण भई सिफारिस भएका छन् । उनीहरूलाई अहिले नियुक्ति पत्र दिई विद्यालय पठाउने प्रक्रिया चलिरहेको छ ।

पालिका प्रेस
थप जानकारी