पत्रकार महासंघ मकवानपुरका सदस्य तथा बागमती एक्सप्रेस साप्ताहिकका पत्रकार इन्द्र प्रसाद बञ्जरा (रमेश) का बिषयमा लागेको आरोपको निश्पक्ष छानविन गर्नका लागि माग गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले आज विज्ञप्ती जारी गर्दै पत्रकार बन्जराको बिषयमा निश्पक्ष छानबिन गर्नका लागि सम्वन्धीत पक्षसंग माग गरेका छन् । एक महिलालाई बलात्कार गरेको आरोप लगाउदै प्रहरीले पक्राउ गरेको घटना प्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
यस घटनामा सिसिटिभी फुटेजमा आरोप लगाइएको भन्दा फरक प्रकृतिको घटना देखिन्छ । तर, पत्रकारलाई पक्राउ गरेर अनुसंधान भइरहेको छ । यो घटनामा दोहोरो छानविन गर्नका लागि अध्यक्ष गौतमले विज्ञप्ती मार्फत माग गरे । एक पक्षिय भन्दा पनि दुइपक्षिय रुपमा छानविन गरेर अनुसंधान गर्नका लागि विज्ञप्ती मार्फत माग गरिएको हो । घटनाको षियमा कसैको दवाब र प्रभाबमा नपरीकन मकवानपुर प्रहरीले निस्पक्ष छानविनगर्नका लागि प्रहरी समक्ष महासंघले माग गरेको हो ।
यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसादलाई एक महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि सोही दिन नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगरले एक बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।केही दिनयता बिभिन्न सञ्चारमाध्यममा उक्त घटनासँग सम्बन्धित विषयमा उनलाई फसाउने प्रयास गरेको आशंका सहित समाचार तथा सिसीटिभी फुटेजहरु प्रकाशन र प्रशारण भइरेहेकाले कसैको दवाब र प्रभावमा नपरी घटनाको निष्पक्ष र दोहोरो छानविन गर्न र विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणको लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग माग गरिएको छ ।
यसैगरी पत्रकार रमेश बन्जारालाई बदलाभाव राखेर फसाउन खोजीएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले निष्पक्ष छानबीनको माग गरेको छ । सञ्चारमाध्यममा आएको सिसीटीभी फुटेजलाई हेर्दा पत्रकार बन्जारालाई सुनियोजित रुपमा फसाउन खोजीएको भन्ने जनस्तरबाट समेत गुनासो आएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले निष्पक्ष छानबीनको माग गरेको हो ।
पार्टीका सभापति भरत पराजुलीले दोषी भए मात्रै कानुनी कारवाही अघि बढाउनुपर्ने अन्यथा निर्दोष ब्यक्तीलाई सुनियोजित तरिकाबाट फसाउन नहुने बताए । पीडितले दिएको जाहेरी र बारदात भएको भनिएको समयमा पत्रकार बन्जारा हेटौँडाको एक पसलमा गुट्खा किन्दै गरेको सिसीटीभी फुटेजमा देखिएको पीडित भनिएकी महिला बुलेट बाईक चढेर घट्ना भएको भनिएको स्थलमा गएको विषयलाई समेत प्रहरी प्रशासनले गहीरो ढंगले छानबीन गर्न माग गरिएको छ ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्