मकवानपुर थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शिवराज थिङ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई २ सय २ कलिो लागू औषध गाँजासहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
पक्राउ पर्नेमा वडा अध्यक्ष थिङ सहित भीमलाल थिङ र इन्द्र बहादुर थिङ रहेको उनले बताए ।
कानुनी कार्बाहिका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । १८ वैशाख बिहान ८ बजेको समयमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।
थाहा नगरपालिका–७ आग्रा बस्ने ७६ वर्षिय भिम बहादुर, ३९ वर्षिय को शिवराज र ६७ वर्षिय ईन्द्र बहादुरको घरमा लागू औषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई राखेको अवस्थामा प्रहरी टोलीले बरामद गरेको हो । भिम बहादुर र शिवराजको घरबाट ३० वटा पोकाहरुमा २७ किलो ग्राम गाँजाको धुलो र ईन्द्र बहादुरको घरबाट १० वटा बोराहरुमा १ सय ७५ किलो लागू औषध गाँजा गरी कुल जम्मा २ सय २ किलो लागू औषध गाँजा तथा धुलो फेला पारेकोे प्रहरीले जनाएको छ ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्