सरकारले नीति तथा कार्यक्रममार्फत प्रदेश तथा स्थानीयतहको सहकार्यमा मुख्य सहरहरूमा मेट्रोरेल, मनोरेल तथा ट्राम निर्माणका लागि अध्ययनको काम अघि बढाइने जनाएको छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काममा सुस्तता आइरहेको समयमा फेरि सरकारले मेट्रोरेल, मनोरेल तथा ट्राम निर्माण गर्ने भन्दै अध्ययनको महत्त्वाकांक्षी योजना अघि सारेको हो ।

त्यस्तै कोशी, गण्डकी, कर्णाली भेरीलगायतका प्रमुख नदी प्रणालीमा जलमार्ग विकासका निम्ति आवश्यक योजना निर्माण गरिने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी