सरकारले नागरिकको लघुबिमा गर्ने कार्यक्रम अघि सारेको छ । स्थानीय तहमार्फत नागरिकको लघुबिमा गर्नका लागि सरकारले सहजिकरण गरिने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेका हुन् ।

आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । मुलुकमा बिमा पहुँचको विस्तार र ग्रामिण भेगसम्म बिमा सेवा विस्तार गर्ने सरकारको योजना अनुरुप स्थानीय तहमार्फत लघुबिमा गर्नका लागि सरकारले सहजिकरण गरिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी