नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुलाई कालोसूचीमा राखी नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले तिर्न बाँकी महशुलसहित नामावली सार्वजनिक गरेको हो । नेपाल विद्युत प्राधिकरण संचालक समितिको २९ चैतको बैठकको निर्णय अनुसार कालोसूचीमा परेका ९७ ग्राहकको नामावली सार्वजनिक भएको हो ।

बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म कालोसूचीमा परेका ग्राहकहरुले २०८० असार मसान्तसम्म बक्यौता रकम भूक्तानी गरेमा जरिवानासहितको कुल रकममा १० प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । पालुङ वितरण केन्द्रले ग्राहकलाई बक्यौता महशुल बुझाउन अनुरोध गरेको छ । कालोसूचीमा रहेको ग्राहकहरुको विवरण सार्वजानिक गर्दै पालुङ वितरण केन्द्रले तत्काल बक्र्यौता नबुझाए कानुन अनुसार कार्बाही अगाडी बढाउने पालुङ वितरण केन्द्र प्रमुख विरमान रास्कोटीले बताए ।

पालुङ वितरण केन्द्रले चालु आर्थिक वर्षमा मात्र कालोसूचीमा परेका १० ग्राहकबाट २ लाख ७३ हजार ५ सय ६५ रुपैया असुल गरिसकेको पालुङ वितरण केन्द्रका लेखा प्रमुख सुमन शिबाकोटीले बताए । पालुङ वितरण केन्द्र अन्तर्गत करिब एक करोड कालोसूचीमा रहेका ग्राहकको बक्यौता छ । यस मध्ये हाल संचालनमा नरहेको नेपाल रोप–वे को नाममा मात्र ७३ लाख ७४ हजार बक्यौता छ ।

हेर्नुहोस नामावली:

पालिका प्रेस
थप जानकारी