मकवानपुरको थाहा नगरस्तरीय जेष्ठ नागरिक समन्वय समितिको अध्यक्षमा पुनः इश्वर बहादुर कार्की निर्वाचित भएका छन् । विकास घर शिखरकोटमा ११ असारमा सम्पन्न भेलाबाट कार्की संयोजक पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । पुनर्गठन कार्यक्रममा नगरको १२ वटै वडाका वडा जेष्ठ नागरिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो।

नगर समितिको उपसंयोजकमा विष्णु गोपाली सर्वसम्मत भएका छन् । त्यसैगरी सदस्यहरुमा रामेश्वर महर्जन, साहिला गोले, बिष्णु बहादुर थापा, प्रेम बहादुर आलेमगर, शिव बहादुर कार्की, गणेश बहादुर पाख्रीन, निरन्जन अधिकारी, चन्द्र बहादुर स्याङ्तान, शोमलाल गोपाली ,बिमला बिष्ट र मिना कार्की सहित वडा न ९ बाट एक सदस्य थप गर्ने गरि समितिले पूर्णता पाएको छ ।

सामाजिक विकास समिती सदस्य जनक बिकको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा भएको जेष्ठनागरिकहरुको भेलामा वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला बालबालिका जेष्ठ नागरिक शाखाकी प्रमुख प्रतिमा मोक्तान, पुर्व सामाजिक विकास समिती सदस्य जानुका ढकाललगायतको उपस्थिति रहेको थियो ।

नगर समितिमा १५ सदस्य रहेका छन् । नव गठित समितिलाई अतिथीहरुले शुभकामना दिएका थिए ।

पालिका प्रेस
थप जानकारी