सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा थाहानगरको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई चारथान ह्विलचियर सहयोग गरेको छ । थाहा नगरपालिकाको पालुङ जेसिज सभाहलमा कार्यक्रमको आयोजना गरी कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको कम्पनीका सहायक महाप्रबन्धक चुडामणी सुवेदीले जानकारी दिए ।

सो अवसरमा जीवन बीमा सम्बन्धी अभिमुखिकरण पनि सञ्चालन गरिएको छ । कार्यक्रममा पालिकाका जनप्रतिनीधिहरु, स्थानीय संघसंस्थाका प्रतिनीधि एवम् प्रमुखहरु लगायत स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।
थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल तथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक चुडामणि सुवेदी विशेष अतिथी रहेका थिए । कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्की, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल, सहव्यवस्थापक रामप्रसाद ढकाल, थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रम कम्पनीको हेटौंडा शाखाका प्रमुख पवन थापा मगरको सभाध्यक्ष्तामा भएको थियो।

पालिका प्रेस
थप जानकारी