थाहा नगरपालिका वडा नम्बर ३ मा किसान र महिलाको वडा कमिटी गठन गरेको छ । अभियान इन्चार्ज लक्ष्मण बिष्ट र पार्टीको वडा अध्यक्ष हिरेन्द्र रायमाझीको आतिथ्यतामा विकास घरमा सम्पन्न भेलाले विना बिष्टको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघ ( अनेमसंघ) क्रान्तिकारी ३ नम्बर वडा कमिटी गठन गरिएको छ ।
भेलाले जीवन लामाको अध्यक्षतामा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी गठन गरिएको नेकपा माओवादी केन्द्र ३ नम्बरले जनाएको छ । कार्यक्रममा पार्टीका बिमल कुमार बिष्ट, अनेमसंघ क्रान्तिकारीका प्रदेश सदस्य शकुन्तला गोपाली, नगर सदस्य राजकुमार कार्की, कविता बिष्ट, अर्जुन सुनारलगायतका उपस्थिति रहेको थियो।
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मकवानपुर जिल्लाका १० पालिकाका विभिन्न वडामा कार्यक्रम भईरहेका छन् । नेकपा माओवादी केन्द्र मकवानपुरले पार्टीका केन्द्रीय समिति, बागमती प्रदेश समिति, जिल्ला समन्वय समिति र पालिका पदाधिकारीहरुलाई जिल्लाका एक सय दुई वडामा कार्यविभाजन गरी कार्यक्रमहरु गरिरहेको छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत माओवादीले विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्