नेकपा ९एमाले०को सचेतक तथाप्रतिनिधि सभा सदस्य महेश वर्तौलाले सार्वजनिक शिक्षामा अपांगता भएका विद्यार्थीहरुको पहुँचको स्थापना गर्न विद्ययेकमा काम गर्ने बताएका छन् । बर्तौलाले दृष्टि सम्बन्धि अपांगता भएका युवाहरुद्वारा स्थापित संस्था नेत्रहीन युवा संघ, नेपालको आयोजना अपांग युवाहरुला लागि भएको नमुना संसद अभ्यास कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

सचेतक बर्तौलाले अपांगहरुका महत्वपुर्ण सवालहरुः निःशुल्क सार्वजनिक शिक्षा, अपांगहरुको स्वास्थ्य विमा तथा स्वास्थ्य सेवा, रोजगारीमा पहुँच स्थापना लगायतका सवालहरुमा राज्यले विशेष ध्यान दिनु पर्ने वताए । बर्तोलाले थप बताए । सरकारले शिक्षा विधयेक संसदमा टेवुल गरिसकेको छ । अपांगता भएका व्यत्तहिरुको शिक्षा संग जोडिएका कयौं विषयहरु रहेका छन् । शिक्षामा अपांगता भएका विद्यार्थीहरुको पहुँच स्थापना गर्ने गरि कसरि काम गर्नु पर्ने हुन्छ, हामी काम गर्ने छौं–बर्तौलाको भनाइ थियो ।

अपाङ्गता भएका युवाहरुको राजनीतिक सचेतना अभिव्रिद्धि गर्दै लोकतन्त्र, संसद तथा संसदीय राजनीति, मानवअधिकार र विद्यमान अपाङ्गता अधिकारका सम्बन्धमा प्रशिक्षित गरि नेत्रहीन युवा संघ, नेपालको आयोजनामा भएको ३ दिने नमुना संसद अभ्यास कार्यक्रमको आज समापन भएको हो । कार्यक्रममा देशभरबाट ५० जना अपांग युवाहरु सहभागी हुनु भएको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कलाधर भण्डारीले गरेका थिए ।

पालिका प्रेस
थप जानकारी